२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

चाणक्य नीति : करोडपति बन्ने तीन राज

  • २०७७ मंसिर २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • मंसिर २२, २०७७

    एजेन्सी ।  चाणक्यका अनुसार हरेक व्यक्तिको चाहना धेरै पैसा कमाउने, धनि बन्ने, जीवनमा हरेक प्रकारका सुख भोग गर्ने हुन्छ । तर, यस्ता इच्छा पूरा गर्नका लागि भित्री इच्छाशक्ति बलियो हुन आवश्यक छ ।

    चाणक्य नीतिका अनुसार नराम्रो बानी हुने व्यक्तिहरु कहिल्यै सफल हुँदैनन् । असल बानी र व्यवहारका कारण मानिसहरु सफल हुन्छन् । चाणक्यका अनुसार लक्ष्मी माताको आर्शिवाद प्राप्त गर्नका लागि लक्ष्मी देवीको पूजाआरधना गर्नुपर्छ ।
    चाणक्यलाई देशकै सर्वश्रेष्ठ विद्वानका रुपमा चिनिन्छ । उनी विश्व प्रसिद्ध विश्वविद्यालयमा सम्बद्ध थिए । उनी उक्त विश्वविद्यालयमा शिक्षण गर्थे । उनको अध्ययन र अनुभवका कारण उनको नीतिलाई चाणक्य नीतिको रुपमा चिनियो । उनका नीतिहरुले कुनै पनि व्यक्तिलाई सफल बन्न प्रेरित गर्छ ।

    धनवान् बन्नका लागि कठोर परिश्रम 

    चाणक्यका अनुसार धनकी देवी लक्ष्मीले ती व्यक्तिहरुलाई कृपा गर्छिन् जो कुनै पनि काम पूरा मेहनत र इमानदारीताका साथ पूरा गर्छन् । त्यसैले सधैँ कठोर मेहनत गर्नका लागि तयार रहनुस् । जो व्यक्ति समयमा नै सबै काम गर्छ त्यस्ता व्यक्ति सफल रहन्छन् ।

    योजना बनाएर लक्ष्म पूरा गर्नुस्

    चाणक्यका अनुसार आफ्नो लक्ष्य पूरा गर्नका लागि सधैँ योजना बनाउने गर्नुपर्छ । जो व्यक्तिले प्रत्येक कार्यमा योजना बनाउँछ । त्यही व्यक्ति सफल हुन्छ । जो व्यक्ति योजना बनाएर काम गर्छ त्यस्ता व्यक्तिसँग कहिल्यै धनको कमि हुँदैन । किनकी यस्ता व्यक्तिहरुले समयको महत्त्व बुझेका छन् र उनीहरुमाथि नै लक्ष्मी देवीको आर्शीवाद रहने गर्छ ।

    मानवहितमा ध्यान राख्नुस्

    चाणक्यका अनुसार जो व्यक्ति आफ्नो कार्य गर्दा मानवहितमा ध्यान राख्नुपर्छ । ती व्यक्तिहरुलाई लक्ष्मी माताले कृपा गर्छिन् भन्ने विश्वास गरिन्छ । धनको प्रयोग कहिल्यै पनि कसैको अहित गर्नका लागि प्रयोग गर्नुहुँदैन । धन भएको समयमा अरुको भलो गर्नका लागि पनि प्रयोग गर्ने गर्दा आफूसँग कहिल्यै धनको कमि हुँदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस