२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मेलम्ची पीडित भन्छन् : रकमको सुनिश्चिता नभएर पुनः आन्दोलनमा जान्छौँ

  • २०७७ मंसिर २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • मंसिर २१, २०७७

    मेलम्ची । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानीको सुनिश्चिता नभएको पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन्। मंसिर २५ गते सम्म पनि रकम भुत्तानीको सुनिश्चितता नभएमा आयोजना बिरुद्ध कडा आन्दोलनमा उत्रिने तयारी गरेका छन्।

    स्थानीय सप्लायर्सको रकम नदिएपछि पुनः आन्दोलनको तयारी गरेको पीडित स्थानीय सप्लायर्स उत्तरकुमार श्रेष्ठले बताए। आयोजनाबाट पीडित मजदूर तथा सप्लायर्सको समस्या समाधानका लागि भन्दै विभिन्न चरणमा छलफल तथा कार्यदल गठन भएता पनि हालसम्म रकम भुत्तानीको ठोस निर्णय नभएकोले आन्दोलनमा जाने तयारी गरेको उनको तर्क छ।

    राष्ट्रिय गौरबको आयोजनाबिरुद्ध अन्तिम लडाईको तयारी गर्नुपरेको अर्का स्थानीय सप्लायर्स बिष्णुमणी आचार्यले बताउछन्। सिएमसीबाट पाउनुपर्ने रकम भुक्तानीको माग राख्दै मेलम्ची खानेपानी बिकास समितिलाई गत कार्तिकमा बुभाइएको ज्ञापन पत्रको हालसम्म पनि सुनुवाई नभएको उनीहरुको गुनासो छ।

    उक्त पत्रको बोद्यार्थ जिल्लादेखि प्रधानमन्त्रीको कार्यालयसम्म दिँदा समेत मेलम्ची पीडितको वेवास्था गरिएकोले आन्दोलनको विकल्प नभएको उनले बताए।

    हालै मात्र इटालियन ठेकेदार कंम्पनी सिएमसीले विश्वका विभिन्न देशका भेन्डर तथा सप्लायर्सहरुलाई तिर्न बाँकी रकमको सुची सार्वजनिक गरेको छ। उसले मेलम्ची खानेपानी आयोजनामा सिएमसीले स्थानीय भेन्डर तथा सप्लायर्सहरुको तिर्न बाँकी रकम समेत उल्लेख गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस