२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

स्वास्थ्य मापदण्डको पालना गर्दै खुल्न थाले जिल्लाका अधिकांश विद्यालय

  • २०७७ मंसिर १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • मंसिर १७, २०७७

    चौतारा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ठप्प रहेको शैक्षिक सत्रको सुरुवात भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा नै आइतबारबाट आंशिक स्थानीय तहले पठनपनठन सञ्चालनमा ल्याएका हुन्।

    सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहहरुले स्वास्थय मापदण्डको पालना गर्दै विद्यालय सञ्चालनमा ल्याएका छन्। लामो समयदेखि बन्द रहेका जिल्लाका माध्यमिक, आधारभूत र बालशिक्षासमेत सञ्चालनमा आएको छ।

    शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्ड अपनाई बन्द रहेका विद्यालय खोलेर कक्षा सञ्चालन गर्न अनुमति दिए सँगै स्थानीय सरकारले स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गरेको जनाएका छन् ।

    स्वास्थ्य मापदण्डसहित विद्यालयमा अध्ययन अध्यापन शुरु गर्ने निर्णय गरेसँगै सबै सामुदायिक र निजी विद्यालय खुलेको चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिकाका प्रशासकिय अधिकृत कृष्णप्रसाद पाण्डेले बताए।

    कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्ने र भौतिक दूरी कायम गर्दै विद्यालय खोलेर आइतबारदेखि पढाइ शुरु गर्न भनेका छौँ’ उनले भने।

    अत्याधिक विद्यार्थीको चाप रहेको सदरमुकाम चौताराको कृष्ण रत्न गंगा माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा पाँचसम्म एक दिन र दोस्रो दिन कक्षा छ देखि १० सम्म पठनपाठन हुने गरी कक्षा सञ्चालन सुरु भएको विद्यालयले जनाएको छ।

    असोज महिनाको पहिलो साताबाट नै स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराई पठनपाठन सुरु गर्न मेलम्ची नगरपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकमा नियमित पठनपनठन भइरहेको छ ।

    विद्यालयमा आवश्यक मास्क, सेनिटाइजर, थर्मलगन, सावुनलगायतका सामाग्री उपलब्ध गराई विद्यालय सुचारु गरेको त्रिपुरासुन्दरी गाउँपालिका ३ का अध्यक्ष शुकदेब रिसालले बताए। स्वास्थ्य समस्या भएका र ज्वरो आएका विद्यार्थीलाई फर्काउने गरिएको उनले जनाए।

    बलेफी गाउँपालिकामा अधिकांश विद्यालयमा पढाई सुरु भएको शिक्षा शाखा प्रमुख सलबहादुर पाण्डे बताउँछन्।
    आइतबार बाट सबै विद्यालयमा पढाइ सुरु भएको छ’, उनले भने, कक्षा १२ को परीक्षा सुरु भएसँगै विद्यालयमा निरन्तर कक्षा सञ्चालन भइरहेका छन्।

    जिल्लाका सामुदायिक विद्यालय सँगै निजी विद्यालयहरुले पनि कक्षा सुरु भएको जनाएका छन् ।

    विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्यरूपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापक्रम जाँच गर्नेलगायत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्न विद्यालयलाई स्थानीय तहले पत्राचार गरेको जनाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस