मंसिर १५, २०७७
तातोपानी । नेपाल–चीनविचको तातोपानी नाका खुलेपनि नाका सम्म पुग्ने अरनीको राजमार्गको स्तरोन्नती हुन नसक्दा कन्टेनरहरु जोखिमपुर्ण यात्रा गर्न वाध्य भएका छन् । उअसार २५ को जम्बु पहिरो लगाएत ठाउँ ठाउँमा गएको पहिरोले क्षतीग्रस्त भएको सडक अझैसम्म मर्मत हुन नसक्दा व्यवसायी सहित स्थानीय समेत जोखीमपुर्ण यात्रा गर्न वाध्य भएका हुन् ।
२०७३ सालको भोटेकोसी बाढीले क्षती पु¥याएको अरनीको राजमार्ग तत्कालीन समयमा चीनीयाँ सरकारको सहयोगमा मर्मतसुधार भएको थियो । चिन सरकरले आफ्नो सम्झौता अनुसारको काम सकेर नेपाल सरकारलाई हस्तान्रण गरेपपछि पुनः सञ्चालनमा आएको सडक गत असार २५ गतेको बाढीले विभिन्न ७ स्थानमा सडकको नामोनिसान मेटाएको थियो भने अन्य विभिन्न १० स्थानमा आँशिक क्षती पु¥याएको थियो ।
ती स्थानहरुमा स्थानीय व्यापारी, स्थानीय सरकार र सडक विभागको संयुक्त पहलमा ट्रयाक खोल्ने काम भएपनि सडकको स्तरोन्नती भने हुन सकेको छैन । सडक स्तरोन्नती नहुँदा आफुहरुले जोखीमपुर्ण रुपमा सवारी चलाउन परेको कन्टेनरका चालकहरुको गुनासो छ । यसरी जोखीमपुर्ण सडकमा यात्रा गर्नुपर्दा आफुहरु जुनसुकै समयमा दुर्घटनामा पर्न सक्ने त्रास रहेको उनीहरुको भनाइ छ ।
सडकको मर्मत नहुँदा व्यवसायीहरु मारमा परेका छन् । खाल्डाखुल्डी भएको सडकमा कतै धेरै उकालो त कतै धेरै ओरालो र बाटो समेत साँघुरो भएको कारण दुर्घटनाको जोखिम बढेको छ । बाटो बेलैमा मर्मत गर्नको लागि सडक डिभिजन कार्यालय, चरीकोटमा पटकपटक पत्राचार गर्दा समेत कार्यालयले कुनै वास्ता नगरेको सिन्धुपाल्चोक उद्योग वाणीज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले आरोप लगाए ।
अरनिको राजमार्गको बन्देउदेखि कोदारीसम्मको ५५ किलोमिटर सडकको जिम्मेवारी पाएको कार्यालयले सडक मर्मत गर्न चासो नदेखाँउदा स्थानीयले समेत सास्ती भोग्नु परेको छ । सडक छिटोभन्दा छिटो मर्मत गरी सहज आवागमन हुनसक्ने बनाउन श्रेष्ठले आग्रह गरे ।
सडकको मर्मतको लागि एक अर्ब ७५ करोड रुपैंया भन्दा बढी लागत लाग्ने सडक डिभिजन कार्यालय, चरीकोटको आँकलन छ । आफुसँग भएको वजेटले मात्रै सो काम गर्न नसकिने भएकोले गत साउनबाट नै एक महिना लगाएर सडकको विस्तृत अध्ययन गरेको र वजेटको लागि मन्त्रालयमा अनुरोध गरिसकिएको कार्यालयका प्रमुख इन्जिनियर विजय महतोले बताए ।
भौतीक पुर्वाधार तथा यातायात मन्त्रालयबाट फाईल अर्थ मन्त्रालयमा पुगिसकेको र तत्काल बजेट विनियोजन हुने उनले बताए । मन्त्रालयमा बजेट स्विकृत हुनासाथ काम अगाडी बढाउन आफु तत्पर भएर बसेको प्रमुख महतोले बताए ।
सडक तत्काल मर्मत नहुँदा सार्वजनिक सवारी साधन समेत मुस्कीलले चल्ने गरेको छ । सडक मर्मत नहुँदा जुनसुकै बेला दुर्घटना हुनसक्ने सम्भावना बड्दै गएको छ । सडक तत्काल सुधार गरी स्थानीय जनता र व्यवासायीलाई समेत सहज आवागमन गर्ने वातावरण बनाउन मन्त्रालयस्तरबाट नै पहलकदमी लिनुपर्ने माग गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस