खबरज्योति
१७ असोज २०७४, युएई ।
नेपाल कला साहित्य प्रतिष्ठानले संस्थालाई विश्वभर पुर्याउने उद्देश्य अनुरुप युएई (दुबई)मा आफ्नो शाखा बिस्तार गर्न लागेको छ ।
संसारभर छरिएर रहेका कला, साहित्यप्रेमी नेपालीलाई एकीकृत गर्दै कला र साहित्यद्वारा परिवर्तन गर्नको लागि विश्वभर शाखा विस्तारमा लागेको प्रतिष्ठानको महासचिव सुन्दर शिरीषले जानकारी दिए ।
युएई (दुबई) को बर दुबई पार्कमा अक्टोबर ६ (२० असोज २०७४) मा शाखा बिस्तार गरिने युएई संयोजक सञ्जय लामाले जानकारी दिए । उनले शाखा विस्तारका लागि सम्पूर्ण तयारी भईसकेको समेत जनाए । संयोजक लामाले युएईमा रहेर कला साहित्यमा संलग्न र माया गर्ने सबै व्यक्तित्वहरुलाई अक्टोबर ६ मा बर दुबई पार्कमा उपस्थित हुन समेत आग्रह गरेका छन् ।
भेलाबाट नयाँ रणनीतिसहितको कार्ययोजना निर्माण गरिनुको साथै कार्यसमितिको पनि चयन गरिने जनाईएको छ ।
कला, साहित्यको संर्बद्धन, संरक्षणको निम्ति पहल गर्ने, मौलिक एवम् लोपउन्मूक लोक बाजा, भेषभूषा, गीत संगीत, संस्कृति र कला साहित्य संरक्षणको लागि संग्राहलय निर्माण गर्ने, गीत संगीत, नृत्य, अभिनयजस्ता क्षेत्रको विकास र उत्थानको लागि काम गर्ने, धर्म संस्कृती, भाषाभाषी, जातीजनजाती, दलित, सीमान्तकृत, लोपोन्मुख, महिला, बालबालीकाको उत्थान र विकासका लागी कार्यक्रम गर्ने लगाएतको योजना प्रतिष्ठानको छ ।
प्रतिक्रिया दिनुहोस