मंसिर १२, २०७७
गुल्मी । जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ। घटनामा ३ जना घाइते भएका छन् ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघास तर्फ आउँदै गरेको लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा इश्मा ४ का ६५ वर्षीय डम्मबरबहादुर धिताल, ३३ वर्षीय चिबबहादुर दर्लामी, ३० वर्षीय वशन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घाइतेहरुमा इश्मा ४ का १९ वर्षीय फर्सुराम थापा , २८ वर्षीया सरस्वती दर्लामी र कमल धिताङ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए।
घाइतेहरुलाई तम्घास ल्याइदै गरेको प्रहरीले जनाएको छ। जिप सडक देखि अनियन्त्रित भइ चार सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस