एजेन्सी
१७ असोज २०७४ ।
मानव शरीरले घाम उदाउँदा, आकाशमा रहँदा र अस्ताउँदा कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा अनुसन्धान गरेका तीन अमेरिकी वैज्ञानिकले यस वर्षको चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार जितेका छन् ।
वैज्ञानिकहरू जेफरी हल, माइकल रोजब्यास र माइकल यङले मानव शरीरले काम गर्ने ‘सिकार्डियन रिदम’बारे गहन अनुसन्धान गरेका थिए । नोबेल पुरस्कार कमिटीका अनुसार उनीहरूको अनुसन्धानले मानव स्वास्थ्यका लागि ठूलो योगदान दिनेछ ।
उनीहरुको अनुसन्धानअनुसार मानव शरीर आफ्नै घडी (बायोलोजिकल क्लक)का आधारमा चल्छ र सोही कारण राति मानिसलाई निन्द्रा लाग्छ । बायोलोजिकल क्लकले मानिसको मुड, तापक्रम र विभिन्न हर्मोनको तहसमेत निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस