२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

३३ लाखमा ६० चौरी अनुदान, उपचार र बीमा खर्च पालिकाले गर्ने

  • २०७७ मंसिर ११, बिहिबार मा प्रकाशित ४ साल अघि
  • मंसिर ११, २०७७

    चौतारा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकामा चौरी पाल्नका लागि ३३ लाख अनुदान प्राप्त भएको हो । एसिया नेपाल तथा साङ्गदाङ्ग सेवा समाजको सहयोगमा भोटेकोशीमा चौरी पाल्न अनुदान सहयोग भएको हो ।

    छगाम र बगामका कृषकहरुले चौरी पालनका लागि अनुदान पाएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। सामाजिक संस्थालाई चौरी पालनका लागि सहयोग गर्न
    पालिकाले समन्वय गरेका उनले बताए ।

    स्थानीयले ३३ लाखमा ६० वटा चौरी अनुदानमा पाउने र ती चौरीको बिमा र औषधी उपचारको जिम्मा गाउँपालिकाले गर्ने उनले जनाए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस