तस्वीर :फाईल फोटो
खबरज्योति
१७ असोज २०७४, सिन्धुपाल्चोक ।
लामो समयको प्रयासपछि नेकपा (माओवादी केन्द्र) र एमालेबीच ध्रुविकरण भएको छ ।
ध्रुविकरणसँगै नेपाली कांग्रेसको साथ लिएर स्थानीय तहको निर्वाचनमा भाग लिएको नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुन लागेको स्थानीय तहको नयाँ गठबन्धन कायम गरी निर्वाचनमा भाग लिन लागेको हो ।माओवादी केन्द्र र एमालेबीच पार्टी एकता संयोजक समिति नै गठक भइसकेको छ । एमालेले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम सम्मिलित एकता संयोजन समिति बनाएको छ भने माओवादी केन्द्रले अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सम्मिलित एकता संयोजन समिति बनाएको छ ।
पार्टी एकता प्रक्रिया अगाडि बढाउने निर्णयमा पुगेका दुवै पार्टीबीच सात बुँदे गोप्य सहमति नै भइसकेका एमाले ले मूख्यालयले जनाएको छ । दुबै पार्टीले मा अबको निर्वाचनमै एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति गरेका छन् । एमालेको चुनाव चिन्ह सूर्य लिएर लड्ने दुई पार्टीबीच सहमति भएको एमालेका एक नेताले बताए । एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने निर्णय भए पनि कसको चुनाव चिन्ह लिने निर्णय नभएको माओवादी दुई दलबीचको वार्तामा सहभागी एक नेताले बताए ।
स्रोतकाअनुसार एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत दिएर उम्मेदवारी दिने पनि समझदारी भएको छ । दुवै पार्टीमा भएको यो निर्णयलाई एउटा ऐतिहासिक कदम भन्दै पार्टी वृत्तमा चर्चा चलेको छ । माओवादी केन्द्रको सोमवार पेरिशडाँडामा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेसँग पार्टी एकता गर्नेबारेमा छलफल र छलफल सकारात्मक भएको जनाईएको छ ।
एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्रसहितका बाम दलहरुसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नै गर्ने निश्कर्षमा पुगेको हो । यसका लागि मंगलबार नै एमालेसँग तीन नेताले छलफल गर्ने पनि माओवादी स्रोतले बतायो ।
दुई पार्टीबीच सहकार्य र तालमेल भए पनि तत्कालै शेरबहादुर देउवा नेतृत्वको सरकार भने परिवर्तन नहुने भएको छ । निर्वाचनअघि नै सरकार परिवर्तन गर्न निर्वाचनमा विभिन्न षड्यन्त्र हुन सक्ने भन्दै मंसिरसम्म सरकार परिवर्तन नगर्ने पनि दुई दलबीच समझदारी भएको माओवादी एक हेडक्वाटर सदस्यले बताए ।
प्रतिक्रिया दिनुहोस