२०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025

दोलखाको भीमेश्वरमा ‘पसिना’, राष्ट्रपति समक्ष महाप्रसाद पठाउने तयारी

  • २०७७ मंसिर १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • मंसिर ९, २०७७

    दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको भन्दै स्थानीय प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रशासनले मन्दिरमा पूजापाठ भएको र सोको प्रसाद राष्ट्रपतिलाई बुधबार पठाइने समेत जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक पटकको समयमा मन्दिरको पसिना आएको उल्लेख गरिएको छ ।

    शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजापाठ गरेको प्रशासनको भनाइ छ । शिलाबाट पसिना आउँदा अनिष्ठ हुने जनविश्वास रहिआएको छ ।

    मन्दिरमा पुजा गरेपछि राष्ट्रप्रमुख कहाँ प्रसाद पठाउने चलन रहिआएको छ। प्रशासनले आज मन्दिरमा पुजा गरेर राष्ट्रपति समक्ष महाप्रसाद पठाउने तयारी गरिरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस