मंसिर ९, २०७७
चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बलेफी गाँउपालिका ३ धुस्कोट बस्ने २७ बर्षका जयराम तामाङलाई प्रहरीले प्रकाउ गरेको छ। जवरजस्ती करणी मुद्धामा फरार रहेका तामाङलाई प्रहरीले दुई बर्षपछि पक्राउ गरेको हो।
२०७६ साल जेठमा जवरजस्ती करणी गरी करणी स्थलबाटै फरार रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
निरन्तर खोजतलास गर्ने क्रममा मंसिर ६ गते भक्तपुर जिल्ला मध्यपुरठिमी नगरपालिका ७ मा लुकिछिपी हिडिरहेको अवस्थामा पक्राउ गरेको उनले बताए।
उनलाई सोमाबार सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरिएको समेत जनाए।
प्रतिक्रिया दिनुहोस