मंसिर ८, २०७७
चौतारा । बागमती प्रदेश सरकारले लोक सेवाबाट हालसम्मकै धेरै कर्मचारी माग गरेको छ। बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका सहायकस्तर चौथो तहका विभिन्न पदका कर्मचारी माग गरेको हो।
प्रदेशले विभिन्न जिल्लाका लागि ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन आज गोरखापत्रबाट गरेको छ।
प्रतिक्रिया दिनुहोस