मंसिर ७, २०७७
चौतारा । सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांकअनुसार सिन्धुपाल्चोकमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको हो।
यस्तै, कोरोना संक्रमितको संख्या ७ सय ४७ पुगेको छ । शनिबार एकैदिन ३८ जनामा संक्रमण पुष्टि भएसँगैं सिन्धुपाल्चोकमा संक्रमितको संख्या ७ सय ४७ पुगेको हो।
स्वास्थ्य कार्यालयको अनुसार हालसम्म ३ सय ९६ निको भएर घर फर्केका छन् भने ३ सय ३६ जना उपचार गराइरहेका छन् । जिल्लामा होम आइसोलेसनमा १ सय ३१ जना संक्रमित बसेका छन् ।
प्रतिक्रिया दिनुहोस