मंसिर ५, २०७७
चौताराः जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पालिकाअनुसारको आलोपालो सेवा हटाएको छ। आइतबारबाट लागू हुनेगरी प्रशासनले आलोपालो सेवा हटाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले शुक्रबार एक सुचना जारी गर्दै कात्तिक २३ गतेबाट लागू गरिएको आलोपालो सेवा मंसिर ७ गतेबाट हट्ने जानकारी गराएका छन्।
कोरोना भाइरसको महामारी बढ्नसक्ने भन्दै प्रशासनले आलोपालो सेवा सञ्चालनमा ल्याएको थियो।
प्रतिक्रिया दिनुहोस