२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

कोरोना संक्रमितको संख्या दुई लाख नजिक, थप २२ को मृत्यु

  • २०७७ कार्तिक २५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक २५, २०७७

    चौताराः पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ९५३ संक्रमित निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।

    यसमध्ये १ लाख ६० हजार ५७७ जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको कुल संख्या १ हजार १४८ पुगेको छ । ३८ हजार ३५ जना आइसोलेसनमा रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस