२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

मालपोत कार्यालय प्रमुखलाई कोरोना संक्रमण, तिहारअघि सेवा बन्द

  • २०७७ कार्तिक २४, सोमबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक २४, २०७७

    चौताराः जिल्ला मालपोत कार्यालय, सिन्धुपाल्चोकको कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालय प्रमुखलाई कोरोना संक्रमण भएपनि तिहारअघिका लागि कार्यालयको सबै सेवा बन्द गरिएको हो।

    कार्यालयले आइतबार एक सूचना जारी गर्दै यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म अर्थात् तिहारअघि सेवा बन्द गरिएको जनाएको हो।

    कार्यालयका निमित्त कार्यालय प्रमुख गोवद्र्धन ढकालद्वारा जारी विज्ञप्मिा प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको र सबै कर्मचारी सतर्क रहनुपरेकाले थप संक्रमण फैलन नदिन कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।

    यस्तै, कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले समेत आलोपालो सेवा दिने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी सुचनानुसार अब हरेक स्थानीय तहका सेवाग्राहीले हप्तामा एक दिन मात्रै सेवा पाउनेछन् ।

    यसअघि मालपोत कार्यालयले पनि आलोपालो गरि पालिकाअनुसार सेवा प्रदान गरेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस