कात्तिक २२, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लामा कार्यरत ३८ सुरक्षाकर्मी कोरोनाबाट संक्रमण भएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सिन्धुपाल्चोकमा कार्यरत ३८ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै, सिन्धुपाल्चोकमा हालसम्म कोरोना संक्रमितको संख्या ५ सय ८७ पुगेको छ। संक्रमितमध्ये १ सय ५२ महिला र ४ सय ३५ पुरुष छन्।
संक्रमितमध्ये ३ सय ७३ जनाले कोरोनालाई जितेर घर फर्केका छन्। अहिले सक्रिय संक्रमितहरु २ सय २ जना छन्। जिल्लामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। कोरोनाबाट नेपालमा पहिलो मृत्यु सिन्धुपाल्चोकका बाह्रविसे नगरपालिका ९ राम्चेमा भएको थियो।
प्रतिक्रिया दिनुहोस