२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध

  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ४ साल अघि
  • कार्तिक २२, २०७७

    काठमाडौँ : नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस कोभिड–१९ महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।

    प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएक छन्। केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा देउसी भैलो खेल्न नपाउने निर्देशन जारी गरेका छन्।

    मुलुकभरका कुनै पनि प्रहरी कार्यालयमा यस वर्ष तिहारमा विशेष मनोरञ्जन कार्यक्रम तथा देउसी भैलो नखेल्न नखेलाउन निर्देशन दिएका छन्। त्यस्तै स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई देउसी भैलो लगायतका मनोरञ्जन कार्यक्रम नगर्न, नगराउन माइकिङ गरी सचेतना फैलाउने काम भइरहेको जानकारी गराए।

    काठमाडौँ उपत्यका र तराईका विभिन्न जिल्लामा तिहारमा देउसी र पहाडी क्षेत्रमा भैलो खेल्ने प्रचलन छ । यस वर्षको तिहारमा सम्पूर्ण मनोरञ्जनका कार्यक्रम स्थगित गरी घरमै बसी परिवारसँग रमाइलो गर्न आग्रह गरिएको छ। तिहारमा कुनै पनि भीडभाड तथा कोरोना सङ्क्रमण फैलाउने किसिमका गतिविधि नगर्न सर्वसाधारणमा आग्रह गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस