२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

‘राजाले मात्रै दलभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्न सक्छन्’

Thumbnail
  • २०७७ कार्तिक २१, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक २१, २०७७
    चौतारा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले दलभन्दा माथि उठ्न सक्ने राष्ट्र प्रमुखले मात्रै संविधान अनुकूल निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

    प्रजातान्त्रिक मान्यता र संविधानको परिकल्पना बमोजिम पुरानो संस्था मात्रै निष्पक्ष राष्ट्र प्रमुख रहन सक्ने भन्दै राप्रपा अध्यक्ष राणाले राजसंस्थाको आवश्यकता र जनचाहनातर्फ इंगित गरेका हुन् । ‘अभ्यास, अनुभव र जनअपेक्षाले यही दर्साउँछ,’ उनले बिहीबार ट्वीट गर्दै भनेका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले पक्षधरता संविधानको भावनाविपरीत रहेको राणाको टिप्पणी छ । ‘राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको एकता कायम राख्न पुनः सक्रिय हुनुभयो’, उनले भने, ‘यो सम्माननीय राष्ट्रपतिको स्वभाविक आचरण हो । एमालेमा हुर्केको व्यक्तिको कर्तव्य हो।’

    उनले कुनै दलको पक्षपाती नहुने राजाको आवश्यकता दोहोर्याए। ‘त्यसैले राष्ट्र प्रमुख दलको सदस्य हुनु हुन्न भन्ने प्रजातान्त्रिक मान्यता आवश्यक भएको छ’, उनले अन्त्यमा भनेका छन्, ‘कुनै दलको पक्षपाती नहुने पुरानो संस्थाले मात्रै संविधानले परिकल्पना गरेको निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्दछ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस