२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

एक बर्षमा ६८ वटा मानव अधिकार उल्लंघनको उजुरी

  • २०७७ कार्तिक २१, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक २१, २०७७

    चौतारा : बागमती प्रदेशमा गत आर्थिक वर्षमा ६८ वटा मानव अधिकार उल्लंघनका विषयमा राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयमा उजुरी परेका छन्।

    राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तक २०७७ अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ६८ वटा मानव अधिकार उल्लंघनका उजुरी परेको तथ्यांक छ।

    नेपालको संविधानले मानव अधिकारका विषयहरुमा सम्बोधन गरे पनि सरकारले कार्यान्वयनको पाटो बलियो बनाउन सके मानव अधिकार उल्लंघनका घटनामा कमी आउने बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ बताउछन्।

    मानव अधिकारको उल्लघंनको सबैभन्दा बढी उजुरी काठमाडौं जिल्लाबाट प्राप्त भएको तथ्यांकले देखाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस