२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

खाली पेटमा चिया पिउनुहुन्छ ? यस्ता ५ असर होला

  • २०७७ कार्तिक २१, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक २१, २०७७
    एजेन्सी : धेरै नेपालीको दैनिकी चियाबाट सुरु हुन्छ । चिया नेपाली संस्कृति नै बनिसकेको छ ।

    चिया तयार नपार्ने घर सायदै हुन्छ । कतिपयलाई त कैयौँ कप चिया पिउँदासमेत धित मर्दैन । जुन स्वस्थकर छैन । खाली पेट चिया पिउनाले त शरीरमा गम्भीर असरसमेत पुर्‍याउन सक्छ । यस्ता छन् खाली पेट चिया पिउनुका खतरा ः

    १. कतिपयले चियासँगै दूध पनि खाइरहेको भन्दै यसलाई स्वस्थकर मान्छन् । तर, यसमा पूर्ण सत्यता छैन । खाली पेट दूधचिया पिउनाले शरीरलाई थकान महसुस गराउँछ ।

    २. कतिपयले कम दूध राखेर चिया पिउने गरेका हुन्छन् । दूधचियाले असर पार्छ भन्दै कालो चिया पिउनेको संख्या ठूलो छ । तर, कालो चियामा भएको पत्तीले पनि पाचन प्रणालीमा असर पुर्‍याउँछ । त्यसैले चियाभन्दा पहिला पानी पिउनु राम्रो मानिन्छ ।

    ३. चियामा टेनिन हुन्छ, जसले शरीरमा भएको आइरनसँग रियाक्ट गर्छ । जसकारण खानापछि चिया पिउनाले शरीरमा भएको पोषण तत्वलाई नष्ट गर्न सक्छ ।

    ४. तपाईं दिनमा ४–५ कप चिया पिउनुहुन्छ भने यस्तो बानी सुधार गरिहाल्नुस् । निकै तातो चिया पिउँदा पनि स्वास्थ्यलाई राम्रो गर्दैन । यसो गर्दा मानिसमा फुड पाइप या घाँटीको क्यान्सरको सम्भावना बढाउँछ ।

    ५. चियामा एसिडको मात्रा बढी हुन्छ । त्यसैले यसले शरीरमा ग्यास्ट्रिक त बनाउँछ नै, खाली पेट चिया पिउँदा अल्सरको समस्या पनि बढ्दै जान्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस