कात्तिक २०, २०७७
चौतारा : सिन्धुपाल्चोक जिल्लामा ०७२ साल बैशाख १२ गते गएको भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा पुगिसकेको छ। भूकम्पपछिको पुनर्निमाणमा सिन्धुपाल्चोकका एकिकृत बस्तीको मोह बढेको छ।
धुर्मुस सुन्तली फाउण्डेसनले मेलम्चीको गिरानचौरमा एकिकृत बस्ती निर्माण गरेपछि सिन्धुपाल्चोकमा एकिकृत बस्तीका मोह बढेको हो। सिन्धुपाल्चोेकमा अहिले स्थानीयको जागरुपतामै बस्ती निर्माण भइसके, केही निर्माणको चरणमै छन्।
सिन्धुपाल्चोक भोटेकोशी ५ त्याङथलीस्थित राउतटोल एकीकृत पनि वस्ती निर्माण भएको छ। झट्ट हेर्दा रिसोर्टजस्तो देखिएपनि यो एकीकृत वस्ती हो।
स्थानीयले होमस्टेलगायतका पर्यटकीय गतिविधि गर्न मिल्नेगरी पुनर्निर्माण गरिएका छन्। स्थानीय १० जनाले यही मोडको घर निर्माण गरिसकेका छन्। भने अरु निर्माणको गर्दैछन्।
हेरौँ फोटो
प्रतिक्रिया दिनुहोस