२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

प्रायद्वीपको शान्तिका लागि रचनात्मक प्रयास गर्ने चीनको आशा

Thumbnail
  • २०७४ आश्विन १३, शुक्रबार मा प्रकाशित ७ साल अघि
  • एजेन्सी

    १३ असोज २०७४, सिन्धुपाल्चोक ।

    वार्ता र परामर्शमार्फत कोरियाली प्रायद्विपको आणविक समस्याको समाधान गर्ने सम्बन्धमा जुनसुकै सकारात्मक संकेतलार्इ चीनले प्रोत्साहन गरेको छ ।

    विभिन्न पक्षले प्रायद्वीपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने प्रक्रिया र प्रायद्वीपको शान्ति तथा स्थीरताका लागि रचनात्मक प्रयास गर्ने चीनले आशा गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले २८ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

    प्राप्त जानकारीअनुसार, दक्षिण कोरियाका राष्ट्रपति मून जय इनले २७ तारिख विपक्ष पार्टीसँगको वार्तापछि वक्तव्य प्रकाशित गर्दै उत्तर कोरियालार्इ आणविक अस्त्ररहित बनाउन ताकिता गर्नुका साथै प्रायद्वीपमा कुनै हालतमा युद्ध हुननदिने र शान्तिपूर्ण तरिकाद्वारा आणविक समस्याको समाधान गर्ने बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस