२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

जाडो यामम जोर्नीको दुखाई र यसबाट छुटकारा पाउने विधी

  • २०७७ कार्तिक १७, सोमबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक १७, २०७७

    चौतारा : खासगरी वयस्क वा बुढ्यौलीले छोप्दै लगेपछि सामान्य मौसमी परिवर्तनको असर शरीरमा देखिन्छ । जस्तो जाडो याम सुरु भएसँगै जोर्नी दुख्नु ।

    चिसो बढेसँगै धेरैले भोगिरहेको समस्या हो यो । जति जति चिसो बढ्दै जान्छ, उत्तिनै जोर्नीको दुखाई पनि जटिल बन्छ । यसले गर्दा उनीहरुको दैनिक जीवन नै कष्टकर बनिरहेको हुन्छ । सामान्य हिँडडुल गर्न समेत समस्या भइरहेको हुन्छ ।

    जाडो याममा जोर्नीको दुखाईबाट बच्न प्राकृतिक तौरतरिका अपनाउन सकिन्छ । प्राय एकै स्थानमा लामो समय नबस्ने, हिँडडुल गर्ने, शरीरको मसाज गर्ने, शरीरलाई न्यानो बनाउने, घाम वा आगो ताप्ने । त्यससँगै केही यस्ता प्राकृतिक विधी छन्, जसले जोर्नीको दुखाईमा राहत मिल्छ ।

    – पानीमा एक मुठ्ठी जिरा र एक चम्चा नून हालेर उमाल्ने । त्यसलाई कपडामा निचोरेर सेक्ने गर्नुपर्छ ।

    -तोरीको लेप लगाउँदा पनि यस प्रकारको दुखाईमा राहत मिल्छ ।

    -जिरालाई पानीमा हालेर उमाल्ने र दुखेको ठाउँमा सो पानीको वाफ लिनुपर्छ ।

    -दुई केस्रा लसुन कटेर तिलको तेलमा तताउने र यसले जोर्नीमा मालिस गरौं । धेरै फाइदा मिल्नेछ ।

    – दुखाई धेरै भए कपडालाई तातो बनाएर जोर्नीमा सेक्नुपर्छ । तत्कालै आराम महसुस गर्न सकिनेछ ।

    – लसुन पिसेर लगाउँदा शरीरका हरेक अंगको दुखाई कम हुन्छ । तर, धेरै बेरसम्म भने लगाउनु हँुदैन ।

    -तातो तेलमा जिरा र लसुन डढाएर त्यसले मालिस गर्दा हरेक प्रकारका दुखाईबाट छुटकारा मिल्छ ।

    -भिनेगर र जैतुनको तेल मिलाएर मालिस गर्दा फाइदा हुन्छ ।

    – कपडामा ४–५ कागतिको टुक्रा बाँधेर तातो तिलको तेलमा केही बेर डुबाउने र त्यसलाई घुँडामा लगाउनुपर्छ ।

    -तोरीलाई पिसेर घुँडामा त्यसको लेप लगाउने, तुरुन्तै राहत मिल्नेछ ।

    -मनतातो पानीमा सिधे नून हालेर त्यसले नुहाउनुपर्छ ।

    -दालचिनी पाउडर र मह मिलाएर लेदो बनाउने र यसले जोर्नीमा मालिस गरौं ।

    -जोर्नीको दुखाईमा निमको तेलको मालिस पनि लाभदायक हुन्छ ।

    -लसुनका दुई कल्ली कुटेर तिलको तेलमा हाल्ने र त्यसले जोर्नीमा मालिस गरौं ।

    – तोरीको तेलमा जिरा र लसुन तताएर दुखेको ठाउँमा मालिस गरौं ।

    -अम्बाको पत्ता पिसेर दुखाई भएको ठाउँमा लगाउनुपर्छ । अम्बाको पत्तालाई पानीमा उमालेर यो पानीले सेक्दा पनि फाइदा मिल्छ ।

    – शिशाको बोतलमा आधा लीटर तिलको तेल र १० ग्राम कपूर मिलाएर घाममा राख्ने । जब यिनीहरु राम्ररी घुल्छन्, यस तेलले जोर्नीमा मालिस गरौं । अनलाइनखबरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस