२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

२८ सय २४ कोरोना संक्रमित थपिए, ३६ सय २० डिस्चार्ज

  • २०७७ कार्तिक १६, आईतबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक १६, २०७७
    चौताराः पछिल्लो २४ घण्टायता देशभर कुल २ हजार ८ सय २४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट संकलन गरिएको तथ्यांकअनुसार आज ३ हजार ६ सय २० संक्रमितले कोरोना जितेका छन्। आजको पिसिआर १३ हजार २३ रहेको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

    सक्रिय संक्रमित ३७ हजार ७ सय ६५ रहेका छन्। कोरोनासम्बन्धी दैनिक गरिने मिडिया ब्रिफिङ हाल भने हप्ताको दुई दिन ९आइतबार र बुधाबार० हुने गरेको छ। आज प्रवक्ता गौतमले बताएअनुसार देशभरका क्वारेन्टाइनमा अझै पनि २ हजार ३ सय ८६ जना बसिरहेका छन्।

    त्यस्तै होम आइसोलेसनमा ३० हजार ९ सय ८६ जना र संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ७९ जना छन्। आज काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा मात्रै १ हजार ३ सय ६२ जना छन् भने भक्तपुरमा ९६ जना र ललितपुरमा १ सय ६२ जना संक्रमित थपिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस