२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

तातोपानी नाका पुनः सञ्चालनमा

  • २०७७ कार्तिक १२, बुधबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक १२, २०७७
    चौताराः नेपाल चिनबीचको प्रमुख व्यापारी तातोपानी नाका आज (बुधबार) बाट सञ्चालनमा आएको छ। असोज १९ गते खुलेलगत्तै बन्द भएको नाका बुधबारदेखि पुनः सञ्चालनमा आएको हो।

    यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो।

    त्यसयता चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो। बुधबार अपरान्हदेखि तातोपानी नाकाबाट सामान आयात भएको तातोपानी भन्सार कार्यालयका भन्सार प्रमुखप्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

    अब नेपाल र चीनबीच तातोपानी पुलदेखि नेपाली भन्सारसम्मको गेटसम्म सिल गरेर स्वास्थ्य प्रोटोकल अपनाइने भएपछि नाका खुलाएको छ।

    केरुङबाट नाकाबाट दैनिक ५ वटा चिनियाँ ट्रकबाट सामानहरू नाकामा पुग्ने गरेकोमा अब तातोपानी नाकाबाट पनि दैनिक ५ वटा ट्रकमा ३० टनका दरले सामानहरू चिनियाँ ट्रकले नेपाली भूभागमा छोडिदिने बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालकाले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस