२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

भारतीय गुप्तचरको रिपोर्ट : सिन्धुपाल्चोकसहित ७ जिल्लामा चीनले नेपालको सीमा मिच्यो

  • २०७७ कार्तिक ९, आईतबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक ९, २०७७
    एजेन्सीः भारतको गुप्तचर संस्थाले केन्द्र सरकारलाई चीनसँग सीमा जोडिएका नेपालका सात जिल्लामा सीमा अतिक्रमण भएको रिपोर्ट प्रस्तुत गरेको छ । भारतीय मिडियामा प्रकाशित समाचारमा गुप्तचर संस्थाले चीनले नेपालतर्फ १५ सय मिटरसम्म अन्तर्राष्ट्रिय सीमालाई बढाएको दाबी गरेका छन् ।

    नेपालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चिनियाँ कम्युनिस्ट पार्टीको बचाऊ गर्ने भएकाले स्थिति अझै बिग्रन सक्ने बताइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    मिडिया रिपोर्टमा नेपालको सर्भे डिपार्टमेन्टको रिपोर्टबारे पनि उल्लेख गरिएको बताइएको छ जसमा चीनले नेपालको जमिन हत्याएको कुरा उल्लेख गरिएको छ ।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यस रिपोर्टलाई नजरअन्दाज गरेको पनि दाबी गरिएको छ । यद्यपि, कथितरुपमा गरिएको कृषि मन्त्रालयले जारी गरिएको भनिएको उक्त सर्वेक्षण फेक थियो भनेर यसअघि नै प्रमाणित भइसकेको छ ।

    हालै मात्र कृषि मन्त्रालयले एक रिपोर्ट जारी गरेको र नेपालका ७ जिल्लामा सीमा अतिक्रमण भएको समाचार प्रकाशित भएको थियो । यो सामाचार गलत भएको पुष्टि भइसकेको छ । यही रिपोर्ट कै आधारमा गुप्चार संस्थाहरुले आफ्नो रिपोर्ट तयार गरेका हुन् या होइनन् भन्ने समाचारमा खुलाइएको छैन ।

    भारतीय मिडियाले गुप्तचर एजेन्सीको हवाला दिँदै नेपालको दोलखा, गोरखा, दारचुला, हुम्ला, सिन्धुपाल्चोक, रसुवा र संखुवासभामा सीमा अतिक्रमण भएको दाबी गरिएको छ । नेपालले चीनसँस सीमाबारे वार्ता गर्न आनाकानी गरिरहेको रिपोर्टमा भनिएको छ । दैनिक भास्कर

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस