२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

मेवाको फूलको पनि फाइदा नै फाइदा !

  • २०७७ आश्विन ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असोज ३०, २०७७

    एजेन्सी : प्रकृतिको उपहारको रुपमा पाइने विभिन्न फलफूलले मानव स्वास्थ्यमा निकै फाइदा पुर्याउने गर्छ । मानव शरीरलाई स्वस्थ्य र मजबुत बनाउन विभिन्न फलफूल नभई हुँदैन । त्यसैले हरेक दिन विभिन्न प्रकारका फलफूलको सेवन गर्ने गरिन्छ । यसमध्ये मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक छ त्यति मात्र होइन मेवाको पात र फूल पनि उत्तिकै फाइदाजनक छ ।

    मेवाको फूलले थुप्रै स्वास्थ्य समस्याको समाधान गर्छ । साथै, यो पोषक तत्वले भरपूर पनि हुन्छ ।

    मेवाको फूल कसरी तयार गर्ने ? 
    मेवाको फूलको स्वाद निकै कडा हुन्छ । त्यसैले मानिसहरु यसको सेवन गर्न मन पराउँदैनन् । केही मानिसहरु भने यसको फूललाई विभिन्न तरिकारले बनाएर खाने गर्छन् । यसको फूलको चटनी वा अचार बनाएर पनि खान सकिन्छ ।

    यसको फाइदा
    मेवाको फूलले पाचन प्रक्रियालाई मजबुत गराउँछ । उच्च रक्तचाप नियन्त्रण गर्न, भोक मेटाउन, शरीरको मेटाबोलिज्म ठिक गर्न मद्दत गर्छ । यसको सेवनले मेटाबोलिज्म बढाएर शरीरलाई दैनिक क्रियाकलाप गर्न सहयोग गर्छ । मेवाको फूलको सेवनका साथै व्यायाप गर्न पनि सुरु गर्नुपर्छ जसले शरीरमा नयाँ उर्जा प्रदान गर्छ ।

    पाचन प्रक्रिया
    अपच, पेट फुल्ने जस्ता समस्या देखापरेमा मेवाको फूलको सेवनले कब्जियतबाट छुटकारा दिलाउने र अपच भएमा पचाउन समेत मद्दत गर्छ ।

    उच्च रक्तचाप
    रगतको काम खाना र पौष्टिक तत्व साथै अक्सिजनलाई शरीरका विभिन्न अंगमा पुर्याउनु हो । उच्च रक्तचापको समयमा रक्त बाक्लो हुने र राम्रोसँग बग्न सक्दैन तर मेवााको फूलको सेवनले रगत पातलो हुने र सामान्य गतिमा रक्तसञ्चार हुन्छ ।

    भोक
    भोक लाग्न कम भएमा वा खाना खान मन नलागेका भोक बढाउन प्राकृतिक औषधिको रुपमा मेवाको फूल सेवन गर्न सकिन्छ । एक रिपोर्टका अनुसार इन्डोनेशियामा भोक बढाउन मानिसहरु हरेक विहान मेवाको फूल खाने गर्छन् ।

    तौल
    मोटोपन संसारकै मानिसहरुको समस्या भएको छ । मोटोपन कुनै पनि व्यक्तिका लागि फाइदाजनक हुँदैन । मेवाको फूलमा भिटामिन ए, बी र सी पाइन्छ जसले फ्याट कम गराउँछ मद्दत गर्छ । यसले तौल घटाउन समेत मद्दत गर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस