असोज २९, २०७७
चौताराः नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले रिपोर्टिङ खटिएका पत्रकारलाई अबरोध गर्नुलाई पत्रकारितामाथि कै आक्रमण भएको बताएको छ। महासंघका अध्यक्ष महेशकुमार श्रेष्ठले बिहिबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन्।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाका प्रदेश पार्षद एवं गोरखापत्र दैनिकका जिल्ला सम्बादाता चित्र मिजार, शाखाका सदस्यहरु कान्तिपुर दैनिकका जिल्ला सम्बादाता अनिस तिवारी र एपि वान टेलिभ्रिजनका जिल्ला संवाददाता निरोज चौलागाईंमाथि समाचार संकलनको क्रममा बुधबार साङ्घातिक आक्रमण भएको थियो।
भोटेकोसी गाउँपालिका सिल्टुङमा निर्माणाधीन माथिल्लो चाकु ए जलविद्युत आयोजनाको रिपोर्टिङ गर्न जाने क्रममा उनीहरुमाथि समाचार संकलमा अबरोध गरिएको थियो। स्थानीय युवा तथा जलविद्युत आयोजनाका कर्मचारीहरु समेत रहेका फुर्पा सेर्पा, साङ्गे सेर्पा, कणसाङ सेर्पा लगाएतको टोलिले दुई घण्टा सम्म घेरा बन्दी गरेर अभद्र व्यबहार गर्नुको साथै हातपात समेत गरेका थिए। भने उनीहरु गएको गाडीमा ढुङ्गामुढा समेत गरेका थिए।
‘रिपोर्टिङका क्रममा भएको साङ्घातिक आक्रमण प्रती यस शाखाको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ, निर्माणाधीन माथिल्लो चाकु ए जलविद्युत आयोजनाको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुमाथी स्थानीय युवा तथा जलविद्युत आयोजनाका कर्मचारीहरुले दुई घण्टा सम्म घेरा बन्दी गरेर अभद्र व्यबहार गर्नुको साथै हातपात समेत गरेका थिए भने गाडीमा ढुङ्गामुढा समेत गरेका थिए। साथै अब आईन्दा यस ठाउमा नआउन धम्की समेत दिएका थिए।’
‘जिल्लामा भएका गरेका विकासका गतिविधिलाई आम नागरिक समक्ष पुर्याउनु सन्चारमाध्यमको दायित्व हो। आफ्नो दायित्व पूरा गर्ने क्रममा आयोजना पक्षधरले आक्रमण गरि धम्की सम्म दिनु स्वतन्त्र पत्रकारिता माथी नै आक्रमण हो भन्ने ठहर शाखाको छ’, भनिएको छ, ‘अत घटनाको आबस्यक छानबिन गरि दोषीमाथी कडा भन्दा कडा कार्बाही प्रक्रिया अगाडी बढाउन संबंधित पक्षसंग जोडदार माग गर्दछौ।’
यस्तै, पत्रकारमाथि भएको र्दुव्यवहारको आपति जनाउँदै प्रेस युनियन शाखा सिन्धुपाल्चोकले विज्ञप्ति निकालेको छ । अध्यक्ष दुर्गा आचार्यद्धारा जारी विज्ञप्तिमा पत्रकारहरु माथि र्दुव्यवहार गर्नेलाई खोजी आवश्यकता अनुसार कडा कारवाही गर्न प्रशासनसमक्ष माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस