खबरज्योति
१२ असोज २०७४, सिन्धुपाल्चोक ।
जिल्लाको प्राय राजनीतिक दलभित्र प्रदेश तथा प्रतिनिधि सभाका लागि प्रत्यक्ष एवम् समानुपातिक तर्फको उम्मेदवार छनौटमा विवाद देखिएको छ ।
नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ विकास लामा, तारानाथ दाहाल र आईमान तामाङलाई सिफारिस गरेपछि टंक कार्कीले छुट्टै भेला बोलाई सो निर्णय गलत भएको बताएका छन् ।
त्यस्तै नेकपा एमालेले उम्मेद्वारको कुनै पनि उम्मेद्वारको टुङ्गो लगाउन सकेको छैन । अरुण नेपाल, शरेश नेपाल, सुभाष कर्मचार्य, झम्क नेपाललाई उम्मेद्वार बनाउने निर्णय गरेपनि कुन क्षेत्रबाट उठाउने भन्ने टुङ्गो लगाउन सकेको छैन । यता २ नं. प्रतिनिधिसभाको २ नं. प्रदेशसभाको उम्मेद्वार कस्लाई बनाउने भन्नेमा एमालेभित्र चरम विवाद देखिएको स्रोतले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले उम्मेद्वारको टुङ्गो लगाईसकेको बताएपनि विवाद भने देखिएको छ ।
प्रतिनिधि सभाको क्षेत्र नंं. १ को उम्मेदवारको लागि नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवम् पूर्व मन्त्री अग्नीप्रसाद सापकोटा, युवा नेता सरल सहयात्री पौडेल र पूर्व सभाषद् राजकुमार श्रेष्ठ, क्षेत्र नंं. २ को लागि पोलिट्ब्युरो सदस्य एवम् पूर्व सभाषद् दावा तामाङ, १ नं. प्रतिनिधिसभाको १ नं. प्रदेशसभाका लागि लालकान्छा तामाङ, १ नं. प्रतिनिधिसभाको २ नं. प्रदेशसभाका लागि पूर्व जिल्ला अध्यक्ष माधव सापकोटा ‘सुवोध’, २ नं. प्रतिनिधिसभाको १ नं. प्रदेशसभाका लागि युवराज दुलाल ‘शरद’ तथा २ नं. प्रतिनिधिसभाको २ नं. प्रदेशसभाका लागि चन्द्रबहादुर थापा ‘किशोर’ लाई सर्वसम्मत् सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।
तर आईतबार मेलम्चीमा भएको बैठकमा प्रत्यक्ष तर्फ चन्द्रबहादुर थापा र पेमा ह्योल्मोमध्ये कस्लाई उम्मेद्वार बनाउने भन्नेमा विवाद देखिएपछि अन्तिम टुङ्गोको लागि प्रदेश कार्यालयमा पेश गरेको स्रोतले जनाएको छ । प्रदेश कार्यालयबाट अन्तिम नाम टुङ्गो लागेर आईपुगेको छैन । त्यस्तै सोही क्षेत्रमा समानुपातिक तर्फ पनि विवाद देखिएको छ । रोहिणी विक, फूर्वा स्याङ्बोे र फुर्वा ह्योल्मोले उम्मेद्वारको दाबी गर्दै आएका छन् ।
पार्टी केन्द्रमानै विवाद देखिएका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा अहिलेसम्म उम्मेद्वारको टुङ्गो लगाउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस