२०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुग्यो, ८० हजार ९५४ डिस्चार्ज

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • असोज २८, २०७७
    चौताराः नेपालमा कोरोना संक्रममितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ। बुधबार थप दुई हजार ६३८ संक्रमित थपिएपछि कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको हो।

    देशभर आजसम्म ३६ हजार ३६७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा दुई हजार १७४ जना डिस्चार्ज भएको उनले बताए। योसँगै हालसम्म कोरोना जित्नेको संख्या ८० हजार ९५४ पुगेको उनले जनाए।

    हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ६ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरेसँगै हालसम्म १२ लाख २१ हजार ३८ जनाको पीसीआर परीक्षण गरिएको तथ्यांक छ।

    देशभरका संस्थागत आइसोलेसन १४ हजार ८१९ जना र होम आइसोलेसनमा २१ हजार ५४८ जना रहेका छन्। आजसम्म देशभर चार हजार ६६६ जना क्‍वारेन्टिनमा रहेका छन्।

    देशभर ७० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ। देशभर ३०५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ। यस्तै, कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनायो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस