२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

भूकम्पले भत्किएको सिन्धुपाल्चोकका गुम्बाहरु पुननिर्माण हुने

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • असोज २८, २०७७
    चौताराः २०७२ सालको महाभूकम्पले ध्वस्त बनाएका सिन्धुपाल्चोक जिल्लाका गुम्बाहरु पुनःनिर्माण कार्यको सुरुवात भएको छ ।

    पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका पुरातात्त्विक महत्वका पाँच वटा ऐतिहासिक गुम्बाहरु निर्माण कार्यको सुरुआत चरणमा असोज २८ गते टेण्डर सुचना प्रकाशित भएको छ ।

    निर्माणका लागि टेण्डर सुचना प्रकाशित भएका गुम्बाहरुमा चिरी घ्याङ गुम्बा, तार्केघ्याङ गुम्बा, सुलीकोटघ्याङ गुम्बा मेलम्ची, सेर्माथाङ घ्याङ गुम्बा र मेलम्ची घ्याङ गुम्बा, रहेका छन ।

    भारतको कर्णाटक राज्य सरकारले भारत सरका मार्फत भारतीय दुतावासको सहयोगमा नेपालका साँस्कृतिक तथा पुरातात्त्विक महत्वका संरचनाहरुको पुनःनिर्माण गर्ने कार्य अन्तरगत करोडौंको लगानीमा यो कार्य सुरु हुन लागेको हो ।

    भूकम्प पश्चात सिन्धुपाल्चोकका पुरातात्त्विक महत्वका गुम्बाहरुको पुनःनिर्माणको लागि बिगत ५ वर्षदेखि अहोरात्र खट्नु हुने पर्व कानुन मन्त्री एवम सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का संघीय सांसद शेर बहादुर तामाङ, पुर्व अर्थ राज्यमन्त्री एसव्म संबिधान सभासद डा।ल्हार्क्याल लामा, वागमती प्रदेश सांसद निमा लामाको विशेष भुमिका रहेको थियो ।

    आफुहरुको बिगत लामो समयदेखिको मेहनतको फल स्वरुप सिन्धुपाल्चोकका ऐतिहासिक एवम् पुरातात्त्कि महत्वका धरोहरहरुको पुनर्निर्माण हुन लागेकोमा आफुलाई अत्यन्त खुशी लागेको छ’ भन्दै पुर्व मन्त्री समेत रहेका सांसद तामाङले खुशी व्यक्त गरे।

    त्यसै गरी पुर्व अर्थ राज्यमन्त्री एवम् ह्योल्मो समुदायको प्रथम खेन्पो बौद्धमार्गीहरुका धर्मगुरु समेत रहेका डा।ल्हारक्याल लामाले अत्यन्त ठुलो आर्थिक सहयोग गर्ने भारत सरकारप्रति हार्दिक आभार प्रकट गरेका छन्।

    सिन्धुपाल्चोकका उत्तरीभेगमा अवस्थित ऐतिहासिक गुम्बाहरुको पुनःनिर्माण हुने खबरले आफुहरु अत्यन्त हर्षित भएको मेलम्ची घ्याङ निवासी सेरप लामा र सुलिकोट घ्याङ निवासी ग्युर्मे लामाले बताए।

    सांसद तामाङका अनुसार अबको केही समय पस्चात थप दुई वटा नवलपुर गुम्बा र लिस्ति गुम्बाको टेन्डर प्रकृया सुरु हुनेछ ।अन्य केही गुम्बाको पुनःनिर्माण कार्य पनि यसै आर्थिक वर्षमा सुरु हुने भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस