२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बन्देउ-खाडिचौर सडकखण्डको स्तरउन्नति गरिने

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • असोज २८, २०७७
    चौताराः अरनिको राजमार्गअन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको सडकखण्ड स्तरउन्नति गरिने भएको छ। १९ किलोमिटर रहेको उक्त सडक तिहारअघि नै कालोपत्रे गरि स्तरउन्नति गरिने भएको हो।

    बन्देउदेखि बाह्रबिसेसम्म राजमार्गको स्तर सुधारको कामले तिब्रता पाएसगैँ १० करोडको लागतमा अस्फाल्ट सामाग्री प्रयोगगरी कालोपत्रे गर्न लागिएको हो ।

    पहिले यस्तो प्रबिधिको प्रयोग नगरिएकाले राजमार्गका सडकमै खाल्डाखुल्डी र अनियन्त्रित पानीका कारण साना–ठूला दुर्घटनासमेत यस राजमार्गले व्यवहोर्दै आएको थियो ।

    अस्फाल्ट प्रबिधिका सडकहरू उच्च भारबहन क्षमता, लामो अबधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने सडक बिभागका प्राबिधिक सन्तोष बस्नेतले जानकारी दिए । सोही राजमार्गको खाडिचौरदेखि बाह्रबिसेसम्म भने बेस सिलिङको काम भइरहेको छ ।

    राजमार्गका कोठेको एकतर्फी मार्ग, जुरेको पहिरो र बाह्रबिसेदेखि माथिका दर्जनौं स्थानमा भने भूगर्भबिद्हरूको अध्ययनप्रतिवेदन पछि मात्र उच्चप्रबिधिको प्रयोगबाट स्थायी समाधान खोजिनुपर्ने प्राबिधिकहरूको सुझाव छ ।

    कोठे र जुरेमा मात्रै बार्षिक करोडौं रुपैँया सडक मर्मतमा खर्च भएपनि बर्षाअघि बनाइएका संरचना बर्षापछि त्यसको कुनै निसान नै नरहने समस्या छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस