२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

इन्द्रावतीको सबै सेवा बन्द, काठमाडौं आउजाउमा निषेध !

  • २०७७ आश्विन २७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • असोज २७, २०७७
    चौताराः इन्द्रावती गाउँपालिकाले कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै गाउँपालिकाको सबै सेवा बन्द गरिएको छ। पालिका भित्र ७ जनाको कोरोना संक्रमण देखिएपछि सोमबारबाट गाउँपालिकाका सेवा एक सातालाई बन्द गरेको हो।

    कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको सोमबार बसेको बैठकबाट ७ दिनका लागि इन्द्रावती गाउँ कार्यपालिका, सम्पूर्ण वडा कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

    गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका पठनपाठन अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय भएको उनले बताए।

    गाउँपालिमा बाहिरबाट आउनेलाई अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्न लगाउने, यदि नबसेमा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइने समेत बताए।

    विदेशबाट आएका, अस्पतालबाट आएका र कोरोना जोखिम स्थानबाट गाउँपालिकामा आउनेलाई पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट सहित अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्ने व्यस्था वडा कार्यालयबाट गराइने निर्णय गरेको छ।

    अहिलेको विषय परिस्थितिमा गाउँपालिकामा कुनै पनि सरकारी तथा गैरसरकारी निकायबाट कुनै सभा सम्मेलन तथा गोष्ठी सञ्चालन गर्न निषेध गरिएको छ । त्यसैगरी गाउँपालिकाले अत्यावश्यक काम बाहेक काठमाडौं आउजाउमा समेत निषेध गरेको छ ।

    अत्यावश्यक सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपरे आवश्यक सुरक्षा मापदण्ड अपनाएर मात्रै गर्न गाउँपालिकाले आग्रह गरेको छ । नजिकिदै गरेको दशै, तिहार, छठ जस्ता चाडपर्व, मेला महोत्सवमा सुरक्षा मापदण्ड पालना गर्न लगाउने, घरभित्रै नै चाडपर्व मनाउन सम्पूर्ण गाउँवासीलाई गाउँपालिकाले अनुरोध गरेको छ । अनावश्यक रुपमा घर बाहिर ननिस्कन, भिडभाड नगर्न सार्वजनिक सूचना जारी गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस