खबरज्योति
१२ असोज २०७४, सिन्धुपाल्चोक ।
बडादशैंको आठौँ दिन आज दुर्गाभवानीकोआठौं स्वरुप महागौरीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदैछ ।
यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत मुलुकका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ । बिहान सबेरैदेखि विभिन्न शक्तिपीठहरूमा बलि चढाउने र पूजाआराधना गर्नेहरूको घुइँचो लागेको छ ।
महाअष्टमीकै अवसरमा आज दसैँघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपुर्जा, हातहतियार र सवारीसाधन सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ। पशुबलि नचढाउनेहरू पनि आजको दिन जमराकोठामा घिराँला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खिर तथा नरिवल चढाउने गर्दछन्।
प्रतिक्रिया दिनुहोस