असोज २६, २०७७
चौताराः प्रहरीले सिन्धुपाल्चोकबाट डेढ केजी सुन जस्तै धातुसहित दुईजनालाई पक्राउ गरेको छ। सुनकोशी गाउँपालिका ७ स्थित डेढ किलोबाट १ किलो फाइन गोल्ड लेखिएको सुन जस्तो देखिने पहेँलो धातुसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा बाह्रबिसे नगरपालिका २ कर्थली बस्ने २४ वर्षीय उमेश भन्ने भीम बहादुर तामाङ र त्यही ठाउँ बस्ने २७ वर्षीय अर्जुन तामाङ रहेका छन्।
सुनकोशी गाउँपालिका ७ स्थित डेढ किलोबाट जामुनेतर्फ जाने बाटोमा धातुको कारोबार भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उक्त धातु देखाई ठगी गर्ने भीम बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा कारोबारमा संलग्न अर्जुनलाई लिसंखुपाखर गाउँपालिका ६ लामिडाँडामा प्रदेश ३-०२-००१ प ७४२४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस