२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

चौतारा अस्पतालको आकस्मिकबाहेकको सेवा बन्द

  • २०७७ आश्विन २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • असोज २६, २०७७
    चौताराः जिल्ला अस्पताल चौतारामा रहेको दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द भएको छ। सोमबारदेखि अर्को सुचना नआएसम्म अस्पतालको आकस्मिक बाहेकको सबै सेवा बन्द भएको हो।

    बिरामीको प्रत्यक्ष सम्पर्कमा चिकित्सकहरु आएको हुनाले उनीहरुको स्वाब संकलन गर्नुपर्ने भएकाले अस्पतालको आकस्मिकबाहेकको सेवा बन्द गरीएको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. अमित प्रजापतिले एक सुचनामार्फत् जानकारी गराएका छन्। अब अस्पतालमा कोरोना र अत्यावश्यकबाहेकको अन्य सेवा उपलब्ध नहुने बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस