खबरज्योति
११ असोज २०७४, सिन्धुपाल्चोक ।
नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले जिल्लाका प्रदेश तथा प्रतिनिधि सभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।
प्रतिनिधि सभाको क्षेत्र नंं. १ को उम्मेदवारको लागि नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवम् पूर्व मन्त्री अग्नीप्रसाद सापकोटा, युवा नेता सरल सहयात्री पौडेल र पूर्व सभाषद् राजकुमार श्रेष्ठलाई सिफारिस गरिएको बताइएको छ । त्यस्तै क्षेत्र नंं. २ को लागि पोलिट्ब्युरो सदस्य एवम् पूर्व सभाषद् दावा तामाङ सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।
यसैगरी १ नं. प्रतिनिधिसभाको १ नं. प्रदेशसभाका लागि लालकान्छा तामाङ, १ नं. प्रतिनिधिसभाको २ नं. प्रदेशसभाका लागि पूर्व जिल्ला अध्यक्ष माधव सापकोटा ‘सुवोध’ लाई केन्द्रमा सिफारिस गरिएको छ ।
२ नं. प्रतिनिधिसभाको १ नं. प्रदेशसभाका लागि युवा नेता एवम् पार्टी अध्यक्ष प्रचण्डका पूर्व अङ्गरक्षक समेत रहेका युवराज दुलाल ‘शरद’ तथा २ नं. प्रतिनिधिसभाको २ नं. प्रदेशसभाका लागि चन्द्रबहादुर थापा ‘किशोर’ लाई सिफारिस गरिएको बताइएको छ ।
प्रतिनिधिसभाको लागि समानुपातिक तर्फ झम्कप्रसाद पराजुली ‘हिमाल’, बलराम विक, लङजङ शेर्पा लाई सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभाको लागि समानुपातिक तर्फ नेत्रप्रसाद दंगाल ‘बादल’, पूर्व जिल्ला सचिव अमृता नेपाल ‘प्रभा’, चन्द्र धिमालकोटी ‘भुषण’, उदयन आलेमगर ‘उपेन्द्र’, श्यामकृष्ण श्रेष्ठ र श्यामसुन्दर श्रेष्ठलाई सिफारिस गरिएको छ ।
जिल्ला समितिले सिफारिस गरिएका नामहरुबाट उम्मेदवारहरुको अन्तिम टुंगो भने केन्द्रीय समितिले लगाउने युवा नेता युवराज दुलाल ‘शरद’ले जानकारी दिए । उम्मेद्वारहरुको सिफारिस सर्वसम्मत रुपमा गरिएको माओवादी केन्दले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस