२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

कोरोनाको महामारीमा भ्रष्टाचार : इजरायलमा मागियो प्रधानमन्त्रीको राजीनामा

  • २०७७ आश्विन २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • असोज २६, २०७७
    एजेन्सीः इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजीनामाको माग गर्दै दशौँ हजार नागरिक सडकमा उत्रिएका छन् ।

    शनिबार साँझ उनीहरुले देशव्यापी रुपमा प्रदर्शन गरेका हुन् । कोरोनाभाइरसको महामारीका बेला राज्यसत्ताको दुरुपयोग गरेको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै इजरायली जनताहरु सडकमा उत्रिएका हुन् ।

    देशमा कोभिड विरुद्धको लकडाउनका बावजुद सय भन्दा धेरै स्थानमा शनिबार ठूला प्रदर्शन भएका थिए । प्रदर्शनकारीले जेरुसेलमस्थित नेतान्याहुको कार्यालय अगाडि पनि ठूलो प्रदर्शन गरे ।

    स्थानीय मिडियाका अनुसार राजधानीको भव्य प्रदर्शनस्थल तेल अभिभमा पनि हजारौँ प्रदर्शनकारी थिए । प्रदर्शनकारीले देशको राष्ट्रिय झण्डा साथै विभिन्न रंगका सांकेतिक प्लेकार्ड सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

    ‘बिबी’ उपनामबाट चिनिने प्रधानमन्त्री नेतान्याहुलाई सम्बोधन गर्दै केही प्लेकार्डमा लेखिएको थियो, ‘बिबी, तिमी मेरो भविष्य ध्वस्त पार्दैछौ, जाऊ ।’ इजरायलमा यसअघि पनि बारम्बार प्रदर्शन हुने गरेको थियो । यही वर्षको सुरुदेखि नै पटक पटक उनीविरुद्ध आन्दोलन भएका थिए । नेतान्याहुले भने प्रदर्शनलाई ‘अराजक समूह’ भन्दै दबाउने प्रयास गरिरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस