२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सिन्धुपाल्चोकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो (विवरणसहित)

  • २०७७ आश्विन २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • असोज २६, २०७७
    चौताराः सिन्धुपाल्चोकमा कोरोनाबाट मृत्युु हुनेको संख्या ७ पुगेको छ। सिन्धुपाल्चोकका ६३ वर्षीय पुरुषको मेडीसिटी अस्पतालमा शुक्रबार मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको हो।

    स्वास्थ्य मन्त्रालयले आइतबार सिन्धुपाल्चोकको पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको हो। ती पुरुषमा असोज १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी २० गते अस्पताल भर्ना भएका थिए। उनमा मिर्गौलासम्बन्धी रोग रहेको मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले जानकारी गराए।

    यस्तै, सिन्धुपाल्चोक जिल्लामा कोरोना संक्रमित हुनेको संख्या २ सय ४० पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याकं अनुसार जिल्लाका ६४ महिला र १ सय ७६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये जिल्लामा नै पीसीआर लिएर परीक्षण गरिएका २९ महिला र ६८ पुरुष छन्।

    जिल्ला बाहिर कोरोना पोजेटिभ देखिएका ३५ महिला र १ सय ८ पुरुष छन्। हालसम्म कोरोना संक्रमण भएर निको भएका १ सय ४० जना छन् भने ९३ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    कोरोनाबाट मृत्यु हुनेको विवरण

    १. सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका राम्चेकी २९ वर्षीया सुत्केरी महिला । २ जेठमा निधन भई ३ जेठमा कोरोना पुष्टि । नेपालमा कोरोनाबाट पहिलो मृत्यु।

    २. सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुष १८ असारमा क्षयरोगको उपचरका लागि पाटन अस्पताल भर्ना भएका । उपचारका क्रममा २२ असारमा कोरोना पुष्टि भएको । २५ असारमा निधन ।

    ३. सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ४ का ८४ वर्षीय पुरुषको २२ साउनमा मृत्यु । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्थियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएको । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि

    ४. सिन्धुपाल्चोककी ७७ वर्षीया महिला, १८ भाद्रमा मृत्यु पुष्टि

    ५. सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष, २८ भाद्रमा मृत्यु पुष्टि

    ६. सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाका ४१ बर्षीय पुरूष

    ७. सिन्धुपाल्चोकका ६३ वर्षीय पुरुषको मेडीसिटी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । १५ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए । उनमा मिर्गौलासम्बन्धी रोग थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस