असोज २६, २०७७
चौताराः नेपाली सेनाले सिन्धुपाल्चोक जुगल गाउँपालिका २ नाम्फामा रहेको जोखिम ढुंगा हटाएको छ। नेपाली सेनाले ‘अपरेशन नाम्फा बचाउ’ नाम दिएर जोखिम ढुंगा हटाएको हो।
नाम्फादेखि करिब १ किलोमिटर माथि र सञ्च गाउँभन्दा नजिकै भूकम्पलेको कारणले ठुलो ढुंगा ल्याएर बस्ती नै जोखिममा पारेका थियो। त्यस क्षेत्रको जमिन प्राकृतिक रुपमा निकै खुकुलो रहेको हुँदा वर्षाको बेलामा जुनसुकै बेलामा खस्ने सम्भावना भएकाले सेना परिचालन गरेर ढुंगा हटाएको हो।
ढुंगाको कारणले सान्चो, नाम्फा ठूलो र नाम्फा सानो गाउँका १ सय ४९ र सञ्च गाउँका १ सय १५ घरहरुमा उच्च जोखिममा परेका थिए। बलेफी हाइड्रो पावर प्रोजेक्टलाई समेत ठुलो जोखिम पारेका थियो। जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको आग्रहमा सम्भावित जोखिमलाई न्यूनिकरण गर्नको लागि ढुंगा हटाइएको हो।
जिल्लामा तैनाथ गोरख बक्स गण, काली सिद्धि गण (ईन्जिनियरिङ्ग) तथा माथिल्लो बलेफी ए हाईड्रोपावरका प्राविधिकहरुको समन्वयमा उक्त ढुङ्गालाई सुरक्षित रुपमा हटाइएको हो। उक्त ढुंगा हटाउनका लागि ३३५ के.जी. विष्फोटक पदार्थ लगायत अन्य सामाग्री प्रयोग भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस