२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

२०७१ कोरोना संक्रमित थपिए, १५५२ जना डिस्चार्ज

  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित ४ साल अघि
  •  

    असोज २५, २०७७
    चौताराः नेपालमा कोरोना भाइरका थप दुई हजार ७१ संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ संक्रमित थपिएका हुन् ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५५२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७५ हजार ८०४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ३ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ७६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन १३ हजार ६४९ जना र होम आइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ६१३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

    देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ। देशभर ३२९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ। यससँगै कुल संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ। थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस