२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कोरोना महामारीबीच चाडपर्व मनाउन सरकारको मापदण्ड : के गर्न पाइन्छ, के पाइदैन ?

  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • असोज २५, २०७७
    चौताराः विश्वभरी कोरोनाको महामारी फैलिरहेको छ। नेपालमा पनि कोरोना संक्रमितको दर दिनप्रतिदिन उकालो लागि रहेको छ। कोरोनाको महामारीले उग्र रुप लिइरहेको बेलामा चाडपर्व नजिकिँदै छ। चाडपर्वमा कोरोनाको जोखिम फैलन सक्ने भन्दै सरकारले निश्चित मापदण्ड सार्वजनिक गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व मनाउनेहरुका लागि मापदण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ ।

    दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले भनेको छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एकजना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने मन्त्रालयले भनेको छ ।

    एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने मन्त्रालयले जनाएको छ । सकैसम्म घरको परिवार मात्रै बसेर चाडपर्व माउन आग्रह गरिएको छ ।

    चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए माक्स अनिवार्य लगाउनु पर्ने भएको छ । धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन पाउने तथा अभिबादन गर्दा टाढैबाट नमस्कार गर्नु छ । अंगालो मार्न वा शरीर छुन पाइने छैन ।

    देवीदेवताका मूर्तिहरु नछुन आग्रह गर्दै मन्त्रालयले सार्वजनिक स्थालमा नथुक्न भनेको छ । पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

    कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरुले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागि नहुन भनेको स्वास्थ्य मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोधप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कुनै पनि कार्यक्रमा सहभागी नहुन वा सहभागी भए कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेछ।

    भर्खरै सर्जरी गरेका, अंग प्रत्यारोपण गरेका तथा दीर्घरोगीहरु तथा पछिल्लो १५ दिनमा कुनै पनि रोगबाट निको भएका व्यक्तिहरुलाई भीडभाडमा जनान आग्रह समेत गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस