मेरो नाम टीकादेवी सापकोटा हो ।
माईती पटिको थर चाहिँ घोरासैनी हो । घर जर्केबारी, चौताराबाट एक घण्टामा पुगिन्छ । म कति वर्षको भएँ त्यो त थाहा छैन । २००३ सालमा जन्मिएको रे, महिना पनि थाहा छैन ।
हामी जन्मदा यता कतै स्कुलने थिएन, कहाँ पढ्न पाउँनु ! चार सालमा चौतारामा स्कुल खुलेको हो । त्यतिखेर गाउँमा स्कुल जाने चलन नै थिएन । त्यै पनि त्यतिखेर केटीमान्छेले कहाँ पढ्न पाउनु पढ्नु भनेको आकाशको तारा छुनु सरह थियो । घाँस–दाउरा, मेला–पातमै दिन बित्थ्यो । अहिलेको जस्तो चलन र स्कुल भएको भए त पढिन्थ्यो होला । मलको डोको र घाँसको भारी नबोकी खान पाईदैनथ्यो । त्यतिखेर हाम्रो काम भनेकोनै मेलापात जानु, घाँसदाउरा गर्नु नै हुन्थ्यो ।
अहिले केटाकेटी धेरै बाठा भए, पढ्न पाए, धेरै पढे । पढाईबाटनै हो मान्छे बाठो हुने । हामिले त पढ्न पाएनौं र बुढेसकालमा केहि न केहिको भयौं । अहिले त पढ्ने केटाटीको छेउमा जाँदा पनि लाज लाग्छ । नातानातिनी सरहका केटाकेटीनै हामि भन्दा निक्कै बाठा भईसके । त्यतिखेर पढ्न पाएको भए हामिले पनि केहि ग¥थ्यौं होला । पहिलेको पालामा भन्दा अहिले निक्कै राम्रो छ । उहिलेको चल्तिनै बेग्लै छ, अहिलेको बेग्लै ।
साल त थाहा भएन तर भोटो नफुकाल्दै बिहे गरिदिए । त्यतिखेर के थाहा पाउनु ? त्यस्तै अन्दाजमा चार बर्ष जतिकी थिएँ होला बिहे हुँदा । बिहे भएकै थाहा भएन । अहिले ठूलो भएपछि बिहे गर्छन । त्यो बेला भन्दा अहिले निक्कै राम्रो भएको जस्तो लाग्छ । ठूलो भएर बिहे गर्दा सोच विचारले गर्न पाईन्छ । बिहे भनेको के हो त्यतिखेर थाहानै हुँदैनथ्यो, मायाँ प्रेम भनेको त परैको कुरो हो ।
सानैमा बिहे गरियो । बच्चा बच्चि पनि चाँडै भए । तर के भयो कुन्नि एउटै बाँचेनन् । अहिले सन्ताननै छैनन् भन्दा पनि हुन्छ । यो संसारमा म एक्लै छु । श्रीमान खसेको पनि नौं बर्ष भईसक्यो । हामी जस्ता धेरै बृद्धबृद्धालाई सरकारले खानेर बस्ने व्यवस्था गरिदियो भर्ने मर्ने बेलामा सुविस्ताले मर्न पाईन्थ्यो भन्ने लाग्छ ।
प्रतिक्रिया दिनुहोस