२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

तोकियो प्रदेश प्रमुखको सुविधा

Thumbnail
  • २०७४ आश्विन ११, बुधबार मा प्रकाशित ७ साल अघि
  • तलब र अतिथि सत्कारका लागि १ लाख ४ हजार

    खबरज्योति

    ११ असोज २०७४, सिन्धुपाल्चोक ।

    सरकारले प्रदेश प्रमुखलाई प्रतिमहिना तलब र अतिथि सत्कारका लागि १ लाख ४ हजार उपलब्ध गराउने भएको छ। नेपालको संविधानअनुसार प्रत्येक प्रदेशमा मन्त्रिपरिषद्को सिफारिसमा एक एक जना प्रदेश प्रमुख रहनेछन् ।

    सरकारले प्रदेश प्रमुखको नियुक्तिको तयारी गरिरहँदा प्रदेश प्रमुखको सेवा सुविधा तोकेर विधेयक संसदमा दर्ता गराएको हो।  प्रदेश प्रमुखले मासिक तलब ६४ हजार पाउनेछन् भने अतिथि सत्कारका लागि ४० हजार पाउनेछन्।

    प्रदेश प्रमुखलाई आवश्यकता अनुसार विज्ञ राख्न सरकारले छुट दिएको छ। साथै १२ जनाको सचिवालय,  निजी चिकित्सकको सुविधा र गाडी सुविधा दिनेछ।

    नेपालको संविधानले प्रदेश सरकार र मुख्यमन्त्री सम्पर्क प्रदेश प्रमुख मार्फत केन्द्रीय सरकारसँग गराउने प्रावधान राखेको छ। मुख्यमन्त्री हट्दा तथा अन्य कारणले मुख्यमन्त्री तथा प्रदेश मन्त्रीपरिषद् नहरदाँ कार्यकारी अधिकार प्रदेश प्रमुखले प्रयोग गर्नेछन्।

    सरकारले प्रत्येक वर्ष प्रदेश प्रमुखलाई पोशाक भत्ता स्वरुप १८ हजार उपलब्ध गराउने गरि विधेयक ल्याएको छ। विधेयक पास भए सात प्रदेशका प्रमुखलाई तलब सुविधा र अतिथि सत्कारका लागि मासिक ७ लाख २८ हजार  खर्च हुनेछ।

    सरकारले प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्न गृहकार्य गरिरहेको छ। अहिले चलिरहेको रुपान्तरित संसद  कात्तिक ४ गतेबाट सकिदैँछ। सरकारले त्यसअघि नै प्रदेश प्रमुखको सुविधा सम्बन्धी विधेयक संसद बैठकबाट पास गराउने लक्ष्य लिएको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस