२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ६ सयको मृत्यु

  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असोज २३, २०७७
    चौतारा : नेपालमा कोरोना कोरोना भाइरसका थप दुई हजार ५९ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।

    पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए। यससँगै कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको छ ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६८० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७३ हजार २३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ४५ हजार २३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन ११ हजार १७६ जना र होम आइसोलेसनमा १५ हजार ८७७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७०३ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

    यस्तै, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ। शुक्रबार थप १० जनाको मृत्यु भएसँगै संक्रमितको संख्या ६ सय पुगेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस