२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पाँचपोखरीमा फागुनदेखि अस्पताल सञ्चालनमा आउने, मन्त्री दुलालले गरे निरिक्षण

  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असोज २३, २०७७
    चौताराः सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालधाप गाउँपालिकामा निर्माण भइरहेको अस्पताल फागुनबाट सञ्चालनमा आउने भएको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हुनाले फागुनबाट सञ्चालनमा ल्याउने तयारी गरेको हो।

    प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पाँचपोखरीमा अस्पताल निर्माण भएको हो। प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेशभित्र बिभिन्न स्थानीय तहमा अस्पताल निर्माण र सञ्चालन भइरहेका छन्।

    निर्माणाधिन भवनको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले बिहिबार निरिक्षण गरेका छन्। अस्पतालको भवन तोकिएको समयमै सक्न मन्त्री दुलालले निर्देशन समेत दिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस