२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कोरोनाको खोप विश्‍वभर पठाउने चीनको तयारी

  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असोज २२, २०७७
    एजेन्सीः चीनले आफूले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा ल्याउनेबारे विश्व स्वास्थ्य संगठनसँग कुरा गरेको छ ।

    चीनले विकास गरेको खोप यहाँका उच्च जोखिममा रहेका हजारौँ कामदारका लागि दिइएको छ । यद्यपि त्यस खोपको क्लिनिकल परीक्षण पूर्ण रुपमा सम्पन्न भइसकेको थिएन । जुन खोपको विश्वसनीयताबारे विज्ञहरुले सुरक्षा चासो उठाएका छन् ।

    डब्लूएचओका अधिकारीहरुका अनुसार चीनले उक्त खोपको आपतकालिन प्रयोगका लागि डब्लूएचओसँग प्रारम्भिक छलफल गरेको थियो । चीनले हाल आफू खोप विकासको अन्तिम र निर्णयक चरणमा पुगिसकेको जनाएको छ । र उसले चारवटा खोप समानान्तर रुपमा विकास गरिरहेको छ ।

    दुई वटा राज्यनियन्त्रित कम्पनी चाइना नेश्नल बायोटेक ग्रूपले बनाएको छ भने अरु दुई खोप सिनोभेक बायोटेक र क्यानसिनो बायोलोजिक्स ग्रूपको सहकार्यमा विकास भइरहेका छन् । उनीहरुले ती खोप पाकिस्तान, ब्राजिल, रुस र यूएईमा परीक्षण गरेका छन् । गत महिना यूएईले चिनियाँ खोपलाई आपतकालिन परीक्षणको अनुमति दिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस