२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

घामको एलर्जी, डन्डिफोरको दाग हटाउन बेसार

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • असोज २१, २०७७
    एजेन्सीः स्वास्थ्यका लागि बेसार निकै फाइदाजनक मानिन्छ । मसलाको रुपमा प्रयोग गर्ने बाहेक बेसारका थुप्रै फाइदाहरु छन् । यसको प्रयोग छालालाई सुन्दर देखाउका लागि पनि गर्न सकिन्छ ।

    छालाको लागि फाइदाजनक

    अनुहार र छालामा चमक बढाउन बेसारको प्रयोग गरिन्छ । बेसारमा छालाका लागि फाइदा पुर्याउने थुप्रै गुणहरु पाइन्छ । प्राकृतिक गुणका कारण यसको महत्व निकै धेरै छ । बेसारमा पाइने करक्यूमिनका कारण शरीरका भित्रि अंग सुन्निएमा, छालामा सोरायसिस, एलर्जी, चाँया आदिलाई निको पार्ने काम गर्छ । यसका साथै, अक्सीकरण घटाउन पनि अहम योगदान पुर्याउँछ ।

    डन्डिफोरको दाग, धब्बा हटाउन

    तनावको प्रतिक्रिया र अक्सिकरण घट्दा शरीरका घाउहरु निकै छिट्टो निको हुन्छ । यसलाई घाउ भएको ठाउँमा लगाउँदा घाउ निको हुन्छ । एक अनुसन्धानका अनुसार बेसारमा ‘अल्ट्राभ्वाइलेट रे’ को असर कम गराउँने क्षमता हुन्छ । यसमा एन्टी अक्सिडेन्ट्सको मात्रा भरपुर हुने भएकाले गर्मीका कारण अनुहारको छालामा आउने विभिन्न समस्याको समाधान गर्न सहयोग पुर्याउँछ ।

    यसैगरी, अनुहारमा जलन, डन्डिफोरको दाग आदि भएमा बेसारले निको बनाउन मद्दत गर्छ । जसको छाला संवेदनशील छ तिनीहरुका लागि बेसार फाइदाजनक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस