अशोज २१, २०७७
चौताराः जिल्ला प्रहरी कार्यालय सिन्धपाल्चोकले चाडवार्डको मुखमा हुने चोरी , लुटपाट र सवारी दूर्घटना रोक्न बिशेष योजना ल्याएको छ । हिन्दू धर्मावलम्भिको ठुलो चाड दसैं नजिकिदै गर्दा सम्भावित घटनालाइ रोक्न प्रहरीले बिशेष सुुरक्षा योजना ल्याएको हो ।
चाडपर्व चजिकिदै गर्दा सहर बजार तथा सार्वजनिक सवरी साधनमा सेवाग्राहीको भिड लाग्ने र तेस्ले कोरोना भाइरस समेत फैलन सक्ने हुँदा तेस्ता घटना न्युनिकरण तर्फ प्रहरीले चासो दिएको हो । साथै सवारी दुर्घटना रोक्न सार्वजनिक सवारी र सवारी चालक उच्च निगरानीमा रहने भएका छन् ।
अब सार्वजनिक सवारीको यान्त्रिक अबस्था ठिक भए नभएको , चालकसंग सवारी चालक अनुमतिपत्र भए नभएको , सवारीको गति सन्तुलित भए नभएको सबै प्रहरीले निगरानि गर्ने भएको छ । सवारी चलाउने बेलामा चालकले फोनको प्रयोग गर्न समेत नपाउने भएका छन् । यस्को अनुगमनको लागी सार्वननिक सवारीमा सादा पोसाकका प्रहरी समेत परिचालित गरिने जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।
नियमको उल्लंघन गर्दै चालकले मादक पदार्थ सेवन गरेका पाइएमा , बिना लाइसेन्स सवारी चलाएको पाइएमा तत्काल कारवाही गरिने प्रहरी प्रमुख अधिकारीले जनाए । सहचालकले सवारी चलाउने र तेस्ले दुर्घटना हुनसक्ने भएकाले अब जिल्लामा चल्ने हरेक सार्वननिक यातायातमा यात्रुहरुले देखिनि गरि चालकले आफ्नो लाइसेन्सको प्रतिलिपि टाँस्नुपर्ने ब्यवस्था प्रहरीले गरेको छ । उल्लेखित नियमको पालना नभएको पाइएमा यात्रुहरुले सिधै प्रहरीलाई खबर गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस